Rule 54
सामुदायिक वनमा गर्न नहुने कार्य
(१) सामुदायिक वनमा ऐन, यस नियमावली तथा स्वीकृत कार्ययोजनाले निषेध गरेका कुनै पनि कार्य गर्नु वा गराउनु हुँदैन।

तर स्वीकृत कार्ययोजनाको अधीनमा रही वन पैदावारको घाटगद्दी निर्माण गरी घेरबार गर्न, समूहको दैनिक कार्य सञ्चालनको लागि सो कार्ययोजनामा तोकिएको स्थानमा समूहको कार्यालय भवन निर्माण गर्न, वनको संरक्षणका लागि टहरा वा छाप्रो वा मचान बनाउन सकिनेछ। (२) ऐन र यस नियमावलीमा व्यवस्था भए बमोजिम बाहेक नेपाल सरकारको स्वीकृति नलिई सामुदायिक वनको जग्गा कसैलाई पनि प्रयोग गर्न दिन हुँदैन।

(३) सामुदायिक वन उपभोक्ता समूहले आफूलाई हस्तान्तरण गरेको सामुदायिक वनमा कुनै पनि किसिमको अतिक्रमण हुन नदिने व्यवस्था मिलाउनु - पर्नेछ र कुनै अतिक्रमण भएकोमा डिभिजन वन कार्यालयको समन्वयमा हटाउनु पर्नेछ।